Logo

सिक्किममा हिमपहिरो, तीन नेपालीसहित सात जनाको मृत्यु

सिक्किममा हिमपहिरो, तीन नेपालीसहित सात जनाको मृत्यु



काठमाडौँ । सिक्किममा हिमपहिरोमा परेर तीन नेपालीसहित सात जनाको ज्यान गएको छ । हिमपहिरोमा परेर अरु १३ जना घाइते भएका छन् ।

हिजो (मंगलबार) दिउँसो गान्तोक–नाथुला जेएनएम सडकमा गएको हिमपहिरोमा परेर चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रुपन्देहीका मुना शाह श्रेष्ठको ज्यान गएको सिक्किम सरकारले विज्ञप्ति निकालेर पुष्टि गरेको छ । ज्यान गुमाउने अरू चार जनामा भारतीय नागरिक रहेका छन् ।

यस्तै घाइते १३ मध्ये तीन जना नेपाली रहेका छन् । गीता सापकोटा, ज्वोती गुरुङ र रमेश खनालको उपचार भइरहेको छ । हिमपहिरोमा चार सयभन्दा धेरै पर्यटक फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL