Logo

ट्वीटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा ‘डग्गी’

ट्वीटरको लोगो परिवर्तन, अब निलो चराको ठाउँमा ‘डग्गी’



काठमाडौँ । सामाजिक प्लेटफर्म ट्वीटरमा अर्को ठूलो परिवर्तन गरिएको छ । यस पटक एलोन मस्कले ट्वीटरको लोगो परिवर्तन गरेका छन् । यसको मतलब अब ट्वीटरबाट निलो चरा गायब भएको छ ।

यो परिवर्तन पछि प्रयोगकर्ताहरू धेरै आश्चर्यचकित छन् । किनभने ट्वीटरले आफ्नो नयाँ लोगो ‘डगी’ बनाएको छ । ट्वीटरका मालिक एलोन मस्कले यसबारे चर्चा गरेका छन्, त्यसपछि यो विश्वास गरिएको छ कि डग्गी ट्वीटरको नयाँ लोगो हुनेछ । सोमबार रातिदेखि प्रयोगकर्ताहरूले आफ्नो ट्वीटर खातामा नीलो चराको सट्टा कुकुर देख्न थाले । यो लोगो देखेर प्रयोगकर्ता छक्क परेका छन् ।

उनीहरूले एक अर्कालाई प्रश्नहरू सोध्न थाले कि सबैले ट्वीटरको लोगोमा कुकुर देखिरहेका छन् कि छैनन् ? केही समयमै ट्वीटरमा #DOGE ट्रेन्डिङ सुरु भयो । प्रयोगकर्ताहरूले सोचे कि कसैले ट्वीटर ह्याक गरेको छ । तर त्यसको केही समयपछि एलोन मस्कले ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको स्पष्ट पारेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL