Logo

१६ औं चाइना साउथ एशिया विजनेश फोरम नेपालमा, सार्क क्षेत्रमा लगानी बढाउन चीनलाई ढकालको आग्रह

१६ औं चाइना साउथ एशिया विजनेश फोरम नेपालमा, सार्क क्षेत्रमा लगानी बढाउन चीनलाई ढकालको आग्रह



काठमाडौं । सार्क चेम्बर अफ कमर्सका कार्यबाहक अध्यक्ष चण्डीराज ढकालले चिनियाँ लगानीकर्तालाई सार्क राष्ट्रहरुमा लगानी गर्न आग्रह गरेका छन् । बंगलादेशको ढाकामा भएको १६ औं चाइना–साउथ एशिया विजनेस फोरमको पूर्वतयारी बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

नेपालले सने २०२३ को जुलाईमा १६ औं चाइना साउथ एशिया विजनेश फोरमको आयोजना नेपालमा गर्ने भएको छ । यसका लागि सम्झौता समेत भैरहेको ढकालले जानकारी दिए । उक्त विजनेश फोरमले साउथ एसियामा लगानीका सम्भावना बारे छलफल गर्ने तथा दिर्घकालिन योजना बनाउने छ । साथै चीनको कुन्मिनमा हुने मेलामा साउथ एसियन देशहरुलाई फ्रिमा स्टल उपलब्ध गराउने छ ।

उनले बैठकमा उपस्थित चाइना काउन्सिल फर प्रमोशन एन्ड इन्टरनेशनल ट्रेड (सीसीपीआइटी) का प्रतिनिधि र सार्क राष्ट्रका व्यापार प्रतिनिधिहरुलाई स्वागत गर्दै वहुराष्ट्रिय एकिकृत व्यापारमा जोड दिनुपर्ने बताएका हुन् ।
बैठकमा बोल्दै उनले सार्क राष्ट्रहरुमा बढ्दो जनसंख्या र त्यसले निम्त्याएको वस्तु मागले उत्पादनमुलक क्षेत्रमा लगानी आवश्यक रहेको देखाएको बताए । यस्तै उनले चीनले यसको फाईदा उठाउँदै आफ्नो प्रविधि, सिप र उद्योग क्षेत्रमा गर्नै लगानीलाई यो क्षेत्रमा विस्तार गर्न सक्ने बताएका छन् ।

‘१ अर्ब ८० बरोड बढी जनसंख्या भएको सार्क क्षेत्रले वस्तु बजारको बढ्दो आयमलाई दर्शाएको छ,’ बैठकमा बोल्दै उनले भने, ‘तर, यो क्षेत्रमा आवश्यकजति उत्पादनमुलक क्षेत्रमा लगानी हुन सकेको छैन, यसमा चीनले सहयोग गर्न सक्छ ।’
यस्तै उनले नेपालमा पनि प्राकृतिक स्रोत साधनको अपार भण्डारण रहेको र यसले पनि चिनियाँ लगानीलाई आकर्षित गरिरहेको बताए । यस्तै नेपालमा बढिरहेको युवा जनशक्तिलाई उच्च लगानीको खाँचो भएकाले यसको फाईदा पनि चीनले उठाउन सक्ने उनको भनाई छ ।

उक्त बैंठकमा चाईना काउन्सिल फर दि प्रमोसनल अफ इन्टरनेशनल ट्रेडका अध्यक्ष लुई क्विलिनले सार्क क्षेत्रमा व्यवसाय विस्तारका लागि आफु तयार भएको बताएकी थिईन ।

प्रतिक्रिया दिनुहोस्
MBL