Logo

एप्पलपछिको महत्वपुर्ण कम्पनी अरामकोले कमायो १६१ अर्ब अमेरिकी डलर नाफा, १ बर्षमै ४६ प्रतिशतको वृद्धि

एप्पलपछिको महत्वपुर्ण कम्पनी अरामकोले कमायो १६१ अर्ब अमेरिकी डलर नाफा, १ बर्षमै ४६ प्रतिशतको वृद्धि



काठमाडौं । साउदी अरामकोले गत वर्ष १६१ अर्ब १० करोड अमेरिकी डलर बराबरको ‘कीर्तिमानी’ मुनाफा आर्जन गरेको आइतबार जनाएको छ । एप्पलपछि विश्वकै दोस्रो महत्वपूर्ण कम्पनी अरामकोले साउदी शेयर बजारलाई दिएको जानकारीअनुसार सन् २०२१ को ११० अर्ब अमेरिकी डलरको तुलनामा सन् २०२२ को खूद आम्दानी ४६ प्रतिशतले बढेको छ ।

सन् २०१९ मा अरामको सूचीबद्ध कम्पनी बनेपछिको सबैभन्दा बलियो नतिजा हो । ‘मुख्यतया कच्चा तेलको उच्च मूल्य र बिक्री भएको परिमाण र बलियो प्रशोधन नाफाको प्रभावका कारण भएको हो,’ कम्पनीद्वारा सार्वजनिक प्रतिवेदनमा भनिएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्वव्यापी ऊर्जाको मूल्य बढेको थियो । एम्नेस्टी इन्टरनेसनलका महासचिव एग्नेस क्यालामार्डले एक विज्ञप्तिमा भनेका छन्, ‘जीवाश्म इन्धनको बिक्रीबाट कम्पनीले एकै वर्षमा १६१ अर्ब अमेरिकी डलरभन्दा बढी नाफा कमाउनु आश्चर्यजनक छ ।

एम्नेस्टीले अरामकोको नाफालाई ‘एकै वर्षमा कुनै पनि कम्पनीले सार्वजनिक गरेको अहिलेसम्मकै सबैभन्दा धेरै’ भनेको छ र यसलाई ‘नवीकरणीय ऊर्जामा मानव अधिकारमा आधारित सङ्क्रमणको लागि वित्त पोषण गर्न प्रयोग गरिनुपर्छ’ भनेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL