Logo

पाकिस्तानी रुपैयाँ फेरि बलियो बन्दै, साताको अन्तिम दिन २.८ प्रतिशतले बढ्यो

पाकिस्तानी रुपैयाँ फेरि बलियो बन्दै, साताको अन्तिम दिन २.८ प्रतिशतले बढ्यो



काठमाडौं । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८.६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ।

बिहीबार अमेरिकी डलर २८५.०९ रुपैयाँमा कारोबार बन्द भएको थियो । साताको अन्तिम दिन अमेरिकी डलरको तुलनामा स्थानीय मुद्राको भाउ ६.६३ रुपैयाँ अर्थात २.८ प्रतिशतले बढेको छ ।

सिन्ह्वासँग कुरा गर्दै पाकिस्तानी वाणिज्य बैंक सिल्क बैंकका ट्रेजरी प्रमुख रेहान अतीकले अघिल्लो सत्रमा ग्रीनब्याकको मूल्यमा भएको व्यापक वृद्धिले निर्यातकर्ताहरूलाई आफ्नो डलर बजारमा बेच्न प्रोत्साहित गरेको र त्यस कदमबाट स्थानीय मुद्रामा सुधार आएको हो ।

पाकिस्तानको विदेशी मुद्रा संघका प्रमुख मलिक बोस्तानका अनुसार बजारमा देखिएको अस्थिर प्रवृत्तिको मुख्य कारण पाकिस्तानको अन्तरराष्ट्रिय मुद्रा कोष कार्यक्रमको वरिपरि बढ्दै गएको अनिश्चितता नै हो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL