Logo

अमेरिकाद्वारा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा, २ अर्ब डलर उपलब्ध गराउने

अमेरिकाद्वारा युक्रेनलाई थप सैन्य सहयोगको घोषणा, २ अर्ब डलर उपलब्ध गराउने



काठमाडौं । अमेरिकाले युक्रेनलाई २ अर्ब डलर बराबरको सैन्य सहायता उपलव्ध गराउने घोषणा गरेको छ । युक्रेनमा रुसले आक्रमण गरेको वार्षिकीको दिन संयुक्त राज्य अमेरिकाले युक्रेनलाई २ अर्ब डलरको नयाँ सैन्य सहायता ‘प्याकेज’ प्रदान गर्ने घोषणा गरेको हो ।

‘संयुक्त राज्य अमेरिकाले युक्रेनलाई थप दुई अर्ब डलर बराबरको सुरक्षा सहयोगको घोषणा गरेको छ,’ राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले केवल न्युज नेटवर्क (सीएनएन) लाई बताए । यद्यपि उनले प्याकेजमा प्रदान गरिने सहायता र हतियारको विवरण दिएनन् ।

यसै साताको प्रारम्भमा अप्रत्यासित रूपमा किएभ पुगेका अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको विजयका निम्ति आवश्यक सहयोग उपलव्ध गराउने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई बताएका थिए । सहायतामा गोला बारूद तथा युद्ध उपकरण समावेश हुने अपेक्षा गरिएको छ । अमेरिकाले प्रदान गर्ने यो सहयोग यसअघि गरिएको सैन्य सहायताको निरन्तरता होइन । रासस

प्रतिक्रिया दिनुहोस्
MBL