काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि गोली प्रहार भएको छ । बिहीबार पाकिस्तानको पूर्वी सहर वजिराबादमा एक विरोध जुलुसमा सहभागि उनलाई घाईते हुनेगरी गोली लागेको हो । उनको दल पीटीआईका सदस्यहरूले अन्य थप चारजना घाइते भएको बताएका छन्।
उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन। तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्। गोली प्रहार गर्ने एकजनालाई पक्राउ गरिएको विदेशी संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।