काठमाडौं । अफगानिस्तानको अर्थतन्त्र २०२१ मा करिब २० प्रतिशतले संकुचित भएको विश्व बैंकले जानकारी दिएको छ । सन् २०२१ को अगस्टमा तालिबान कब्जा गरेयता अफगानिस्तानमा भएको विकासको विवरणअनुसार अफगानिस्तानको अर्थतन्त्र सामान्य समायोजन भइरहेको सो बैंकले जनाएको छ ।
सार्वजनिक खर्चमा तीव्र गिरावट, कम घरायसी आम्दानी र कम खपतका कारण कुल माग घटेको गत हप्ता सार्वजनिक गरिएको विश्व बैंकको प्रतिवेदनले जनाएको थियो । तालिबानले कब्जा गरेको सुरुको समयमा धेरै व्यवसायीहरुले आफ्ना सञ्चालन बन्द गर्न बाध्य भएका सो प्रतिवेदनमा जनाइएको छ ।
सन् २०२१ मा अर्थव्यवस्था लगभग २० प्रतिशतले संकुचित भएको र कुल घरेलु उत्पादन (जीडीपी) मा प्रारम्भिक तथ्याङ्क देखाइएको बताइएको छ । विगत एक वर्षमा, मानवीय आवश्यकताहरु र आधारभूत सेवाहरुको लागि अन्तर्राष्ट्रिय सहयोग पुनः सुरु हुँदा केही मात्रामा नकारात्मक प्रभाव कम गर्न मद्दत गरेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।
सन् २०२२ मा वास्तविक जीडीपी थप संकुचित हुने र सन् २०२१ र २०२२ बीचमा ३०–३५ प्रतिशतको संकुचित संकुचन हुने अनुमान गरेको प्रतिवेदनले जनाइएको छ । प्रतिव्यक्ति आयमा कुनै सुधार छैन, विश्व बैंकले थप जानकारी दिएको छ ।