Logo

दक्षिण अफ्रिकामा बेरोजगारी दर ३३.९ प्रतिशत, उत्पादन र यातायात क्षेत्रमा धेरै रोजगारी गुम्यो

दक्षिण अफ्रिकामा बेरोजगारी दर ३३.९ प्रतिशत, उत्पादन र यातायात क्षेत्रमा धेरै रोजगारी गुम्यो



काठमाडौं । दक्षिण अफ्रिकाको बेरोजगारी दर यस वर्षको दोस्रो त्रैमासिकमा ३३.९ प्रतिशतमा झरेको छ। यो अघिल्लो त्रैमासिकको ३४.५ प्रतिशतको तुलनामा ०.६ प्रतिशत बिन्दुले कम हो ।

“यी नतिजाले सन् २०२२ को पहिलो त्रैमासिकदेखि २०२२ को दोस्रो त्रैमासिकको बीचमा छ लाख ४८ हजार रोजगारी सिर्जना भएको देखाउँछ,” तथ्याङ्कविद्–जनरल रिसेंगा मालुलेकले मङ्गलबार पछिल्लो त्रैमासिक श्रम शक्ति सर्वेक्षणबारे बताए ।

रोजगारीबाट सबैभन्दा धेरै लाभ सामुदायिक र सामाजिक सेवाहरू, व्यापार, वित्त र निर्माण क्षेत्रमा भएको छ । यसको विपरीत, उत्पादन र यातायातले रोजगारी गुमाएको सर्वेक्षणले देखाएको छ ।

यहाँको १५ देखि ३४ वर्ष उमेर समूहका बेरोजगारको सङ्ख्या दोस्रो त्रैमासिकमा ४८ लाख पुगेको छ, जुन अघिल्लो त्रैमासिकको तुलनामा २.० प्रतिशतले बढी हो । वरिष्ठ अर्थशास्त्री डेवी रूटले सिन्ह्वासँग बताएअनुसार महामारीको कारण भएको लकडाउनबाट मुक्त हुँदै गर्दा कम्पनीहरूले नयाँ कर्मचारीको भर्ना गरिरहेका छन् ।

उनले भने “विगत दुई वर्षदेखि अर्थतन्त्र ठूलो लकडाउनबाट गुज्रिएको छ । अर्थतन्त्र राम्रो हुँदै गएको छ र कम्पनीहरूले थप मानिसहरूलाई रोजगार दिन थालेका छन् ।”

“अवस्था सामान्य अवस्थामा फर्किरहेको छ । आगामी दुई त्रैमासिकमा हामी योभन्दा बढी गर्न सक्छौं तर यसका लागि आर्थिक वृद्धि पाँच प्रतिशतको दरले हुनुपर्छ, रूटले भने । रासस

प्रतिक्रिया दिनुहोस्
MBL