Logo

चीनमा हरेक २ दिनमा १० करोड मानिसको कोभिड परिक्षण गर्ने, शून्य कोभिड नीतिको निरन्तरता

चीनमा हरेक २ दिनमा १० करोड मानिसको कोभिड परिक्षण गर्ने, शून्य कोभिड नीतिको निरन्तरता



काठमाडौं । चीनको हेनान प्रान्तले करिब १० करोड मानिसहरुलाई प्रत्येक २ दिनमा कोभिड परीक्षण गराउन आदेश दिएको छ । चीनमा ओमिक्रोन भेरियन्टसँग लड्ने यो अभूतपूर्व कदम हो । चीनले आफ्नो शून्य–कोभिड नितीलाई निरन्तरता दिएको छ । धेरै शहरहरूमा कडा तालाबन्दी र आवागमन प्रतिबन्धलगाएर कोरोना भाइरस सङ्क्रमणलाई रोक लगाएको छ ।

हेनानको प्रान्तीय राजधानी झेङझाउमा मेको अन्त्य भन्दाअघि नै परीक्षण सुरु हुने अधिकारीहरुले जनाएका छन् । हरेक २ दिनमा कोभिड परीक्षण गर्ने नितीले सम्भावित जोखिमहरु चाँडै पहिचान गर्न मद्दत गर्ने छ । कोभिडविरुद्धका नियम पालना नगर्ने बासिन्दाहरूलाई सार्वजनिक स्थानहरूमा प्रवेश गर्न वा यातायात सेवा लिन आवश्यक कोडहरू स्क्यान गर्न समस्या हुने समाचारमा जनाइएको छ ।रासस

प्रतिक्रिया दिनुहोस्
MBL