काठमाडौं । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले पदबाट राजीनामा दिएका छन् । आईतबार नै आफ्ना भाईसमेत रहेका राष्ट्रपति गाटाबाये राजापाक्षसमक्ष राजीनामाको घोषणा गरेका उनले सोमबार आफ्नो पदबाट राजीनामा दिएका हुन् ।
पछिल्लो समय श्रीलंकामा आर्थिक संकट गहिरिएसँगै सरकार विरोधी प्रदर्शनीसमेत उत्तिकै बढ्दो छ ।
प्रधानमन्त्री राजापाक्षेले सरकारविरोधी प्रदर्शनीकै बीच राजीनामा दिएको अन्तरराष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन् । यसैबीच सरकार विरोधी प्रदर्शन शान्त पार्न धेरैजसो क्षेत्रमा कर्फ्युसमेत लगाईएको छ ।