Logo

आर्थिक रुपमा टाट पल्छिएपछि बन्द भएको जेट एयरवेजले ३ वर्षपछि उडान गर्ने, पायो स्वीकृति

आर्थिक रुपमा टाट पल्छिएपछि बन्द भएको जेट एयरवेजले ३ वर्षपछि उडान गर्ने, पायो स्वीकृति



काठमाडौं । आर्थिक रुपमा टाट पल्टिएपछि बन्द भएको जेट एयरवेज अन्ततः एक पटक फेरि उडान गर्न तयार भएको छ। भारतको केन्द्रीय गृह मन्त्रालयले आइतबार जेट एयरवेजलाई सुरक्षा क्लियरेन्स दिएको छ।

यससँगै जेट एयरवेजले अर्को महिनादेखि व्यावसायिक उडानहरू सञ्चालन गर्न सक्नेछ। मे ५ मा एयरलाइन्स कम्पनीले हैदरावादबाट एयर अपरेटर सर्टिफिकेटका लागि परीक्षण उडान गरेको थियो । कम्पनीले ट्वीट गर्दै यसको जानकारी दिएको हो ।

कम्पनीको योजना के छ ?

आर्थिक रुपमा टाट पल्टिएपछि कम्पनीले अप्रिल १७, २०१९ मा सञ्चालन बन्द गरेको थियो। यसपछि तीन वर्षपछि कम्पनीले पहिलो पटक परीक्षणका लागि उडान भरेको थियो । जेट एयरवेजका सीईओ सञ्जीव कपूरले एयर अपरेटर परमिट (एओपी) को पुनः प्रमाणीकरणको प्रक्रियालाई अनुमोदन गरेपछि एयरलाइनले केही महिनामा पुनः सञ्चालनमा ल्याउने आशा राखेका थिए।

आर्थिक संकटको सामना गरिरहेको जेट एयरवेजले अप्रिल २०१९ मा अन्तिम पटक उडान भरेको थियो । त्यसपछि कम्पनीको उडान सेवा ठप्प भएको थियो ।

यद्यपि, मुरारी लाल जालान र कलरक कन्सोर्टियमले राष्ट्रिय कम्पनी कानून न्यायाधिकरणद्वारा निगरानी गरिएको टाट पल्टेको घोषणा र समाधान प्रक्रियामा जुन २०२१ मा जेट एयरवेज हात पारेका थिए। अब सेप्टेम्बरसम्ममा फेरि जेट एयरवेजको उडान सेवा सुरु हुने अपेक्षा गरिएको छ । यस सम्बन्धमा कम्पनीले संकेत पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL