काठमाडौं । रुसले युक्रेन विरुद्ध आक्रमण गरेपछि रुसबाट बाहिरिने निर्णय गरेको बेलायतको ऊर्जा कम्पनी बीपीले पहिलो तीन महिनामा मङ्गलबार ठूलो घाटा बेहोरेको प्रतिवेदन सार्वजनिक गरिएको छ ।
कर पछिको घाटा २०.४ बिलियन डलर (१९.४ बिलियन युरो) रहेको बताइएको छ । बीपीले फेब्रुअरीमा ऊर्जा समूह रोजनेफ्टको १९.७५ प्रतिशत सेयर हटाउने निर्णय गरेपछि रुसमा तीन दशकभन्दा बढीको लगानी समाप्त भएको थि यो।