Logo

मस्कले ४४ अर्ब डलरमा किने ट्वीटर, नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउने घोषणा

मस्कले ४४ अर्ब डलरमा किने ट्वीटर, नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउने घोषणा



काठमाडौं । अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्वीटर खरिद गरेका छन् । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्वीटर मस्कले ४४ बिलियन (अर्ब) अमेरिकी डलरमा खरिद गरेको बीबीसीले जनाएको छ ।

मस्कले ट्वीटरको सबै शेयर प्रतिकित्ता ५४ दशमलव २० डलरका दरले किनेका हुन् । उनले केही दिनअघि ट्वीटरको नौ प्रतिशत शेयर खरिद गरेका थिए ।

खरिद(बिक्री सम्झौतापछि ट्वीटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले ट्वीटरको सबै शेयर होल्डर्सलाई नगदमा आकर्षक प्रिमियम प्राप्त हुने र जसबाट शेयरधनीलाई फाइदा हुने बताएका छन् ।

ट्वीटर खरिद गरेपछि नयाँ मालिक मस्कले ट्वीटरमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोशिस गर्ने बताए । उनले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको भन्दै ट्वीटरमा मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्