Logo

जनवरी-मार्चमा चीनको आर्थिक वृद्धि लक्ष्यभन्दा कम, वृद्धि घटेपनि आर्थिक सुधारको गति परिवर्तन नगर्ने अडान

जनवरी-मार्चमा चीनको आर्थिक वृद्धि लक्ष्यभन्दा कम, वृद्धि घटेपनि आर्थिक सुधारको गति परिवर्तन नगर्ने अडान



काठमाडौं । चीनको आर्थिक वृद्धि दर सन् २०२२ को पहिलो त्रैमासिकमा ४.८ प्रतिशत रहेको छ । कोरोना भाइरसको महामारीका कारण सांघाईलगायत प्रमुख औद्योगिक सहरमा गरिएको लकडाउनका कारण आर्थिक वृद्धिदर कमजोर रह्यो । चीन सरकारले चालु आर्थिक वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ ।

चीनको राष्ट्रिय तथ्याङ्क ब्यूरो (एनबीसी) को तथ्याङ्कअनुसार जनवरी र मार्चको बीचमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) अघिल्लो त्रैमासिकको चार प्रतिशतबाट वार्षिक रूपमा ४.८ प्रतिशतले बढेको छ।

एनबीएसका प्रवक्ता फु लिङ्हुईले चीनले निरन्तर सुधार गर्दै स्थिर प्रगति गरेको बताए। यस वर्षको सुरुमा अस्थिर विश्वव्यापी अवस्था र कोभिड–१९ महामारीसहित केही अप्रत्याशित चुनौतीहरूको सामना गरेको उनले बताए ।

उनले अर्थतन्त्रमा केही दबाब देखिएको र प्रमुख सूचकहरूले सुस्त बृद्धि भएको बताए । साथै, फूले दीर्घकालीन आर्थिक आधारहरू बलियो रहेको र आर्थिक सुधारको गतिमा कुनै परिवर्तन नभएको बताए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL