Logo

नयाँ आईएमएफ ट्रस्ट गठनको संयुक्त राष्ट्रसंघद्वारा स्वागत, कमजोर आय भएका देशहरूलाई सहयोग पुग्ने अपेक्षा

नयाँ आईएमएफ ट्रस्ट गठनको संयुक्त राष्ट्रसंघद्वारा स्वागत, कमजोर आय भएका देशहरूलाई सहयोग पुग्ने अपेक्षा



काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससले शनिबार अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले लचिलोपन र दिगोपन कोष (आरएसटी) गठन गरेकामा स्वागत गरेको उनका प्रवक्ताले बताएका छन् ।

महासचिव गुटेरेसले आइएमफ प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र कार्यकारी बोर्डलाई मे १ देखि लागू हुने नयाँ राएसटी अनुमोदन गरेकामा बधाइ समेत व्यक्त गरेका छन् ।

‘आरएसटीले विकासोन्मुख देशहरू र कमजोर मध्यम आय भएका देशहरूलाई जलवायु परिवर्तन र लामो समयसम्म चल्ने कोभिड–१९ महामारी जस्ता समस्याहरूलाई सम्बोधन गर्न मद्दत गर्नेछ । साथै भविष्यमा देखापर्न सक्ने यस्ता समस्याहरूसँग जुध्न सहयोग गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।

‘हामीले वर्तमान त्रि–आयामिक सङ्कटलाई मात्रै सम्बोधन गर्ने होइन तर दिगो विकास लक्ष्यहरूलाई बचाउने आशा कायम राख्ने हो भने दीर्घकालीन परिप्रेक्ष्यको आवश्यकता छ’, विज्ञप्तिमा थपिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL