Logo

रुस–युक्रेन तनाव : कच्चा तेलको मूल्य ८ बर्षयताकै उच्च

रुस–युक्रेन तनाव : कच्चा तेलको मूल्य ८ बर्षयताकै उच्च



काठमाडौं । रुस र युक्रेनबीचको तनाव बढेसँगै अन्तरराष्ट्रिय बजारमा कच्चा पेट्रोलियमको मूल्य ८ बर्षयताकै उच्च विन्दुमा पुगेको छ । बिहीबार अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १ सय २ डलर प्रतिव्यारलसम्म पुगेको हो ।

सन २०१४ मा पनि रुस र युक्रेनबीचको तनावकै कारण अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उच्च १०२ दशमलव ०६ डलर प्रतिव्यारल पुगेको थियो । त्यसयता आज मात्रै विश्वबजारमा यसको मूल्य बढ्दै १०२ दशमलव ९८ डलर प्रतिव्यारल पुगेको बताईएको छ ।

२०२२ को सुरुवातयता कच्चा तेलको मूल्यमा २० डलर प्रतिव्यारलसम्मले बढोत्तरी भएको छ । रुस विश्वकै दोस्रो कच्चा तेल निर्यातकर्ता देश हो । यसरी रुस नै युद्धमा होमिएपछि आज एकाएक सुनचाँदीसँगै कच्चा तेलको मूल्य बढेको देखिन्छ ।

अन्तरराष्ट्रिय बजारमा यसको मूल्य बढेपछि नेपालमा पनि त्यो लागु हुन्छ । अर्थात भारतको आयल निगमले मूल्य बढाएर पठाएपछि नेपालमा पनि यसको असर देखिने र नेपालमा तेलको मूल्य उल्लेख्य बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL