Logo

डब्लूएचओले भन्यो–फ्रान्समा भेटिएको कोभिडको नयाँ भेरियन्टको जोखिम छैन

डब्लूएचओले भन्यो–फ्रान्समा भेटिएको कोभिडको नयाँ भेरियन्टको जोखिम छैन



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले फ्रान्समा देखिएको कोभिडको भेरियन्टको जोखिम नभएको जनाएको छ । सो भेरियन्ट नोभेम्बरमा नै देखिएको भन्दै यसको जोखिम नभएको विश्व स्वास्थ्य संगठनका एक अधिकारीले बताएका छन् ।

‘फ्रान्समा भेटिएको नयाँ भेरियन्ट हाम्रो राडरमा छ । यसको अन्यको तुलनामा बढी जोखिम छैन,’ डब्लूएचओका अब्दिल महमुदले भने । फ्रान्समा फेला परेको भनिएको भाइरसलाई आइएचयु नाम दिइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL