Logo

राष्ट्रसंघमा बजेट अभाव, यमनलाई दिँदै आएको सहयोग कटौती

राष्ट्रसंघमा बजेट अभाव, यमनलाई दिँदै आएको सहयोग कटौती



काठमाडौं । संयुक्त राष्ट्रसंघको तर्फबाट द्वन्द्वग्रस्त मुलुक यमनलाई दिदै आएको सहयोगमा कटौती भएको छ । राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) मार्फत प्रदान गरिदै आएको सहयोगमा कटौती भएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।

‘द्वन्द्वग्रस्त मुलुक यमनलाई सहयोग गर्न बजेटको अभाव भएकाले सहयोगका लागि अपिल गर्दै अहिलेलाई राष्ट्रसंघको तर्फबाट हुने सहयोगमा कटौती गरिएको हो,’ डब्लुएफपीद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

सहयोग कटौती गर्दा यमनमा खाद्य संकट पर्ने खतरा हुँदा हुदै पनि आफूहरु कटौती गर्न बाध्य भएको उनीहरुको भनाई छ ।यमनमा साउदी अरबको सहयोगमा रहेको सरकारी पक्ष र इरानको सहयोगमा हुथी विद्रोही पक्षका बीचमा सन् २०१४ देखि गृहयुद्ध चलिरहेको छ ।

द्वन्द्वका कारण ठूलो जनधनको क्षति भएको छ भने खाद्य संकट पनि उत्पन्न हुने गरेको छ । देशका आधारभूत आवश्यकताका लागि पनि विदेशी सहयोगको भर पर्नु पर्ने अवस्था रहेको छ ।रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
MBL