Logo

ओमिक्रोन भेरिएन्ट : इजरायलले १४ दिन बन्द गर्यो सम्पूर्ण सीमा, हङकङमा पनि नयाँ भेरिएन्ट भेटियो

ओमिक्रोन भेरिएन्ट : इजरायलले १४ दिन बन्द गर्यो सम्पूर्ण सीमा, हङकङमा पनि नयाँ भेरिएन्ट भेटियो



काठमाडौं । कोभिडको नयाँ भेरियन्ट फैलिरहेका बेला इजरायलले आफ्नो देश प्रवेश गर्ने सम्पूर्ण सीमा बन्द गर्ने घोषणा गरेको छ । विश्वभर नयाँ भेरियन्टको त्रास बढिरहेका बेला आफ्ना सम्पूर्ण सीमा बन्द गर्ने इजरायल पहिलो देश हो । सरकारले दुई सातासम्म सीमा बन्द गर्ने प्रधानमन्त्री नाफताली बेन्नेटले बताए । 

सो अवधिसम्म कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध कोभिड खोपले काम गर्ने/नगर्ने बारेमा सुक्ष्म मूल्यांकन गर्ने सरकारले जनाएको छ । दक्षिण अफ्रिकामा पहिलो पटक देखिएको नयाँ भेरियन्टको सो भाइरसलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ भनेको छ । 

‘नयाँ भेरियन्ट झन्डै सबै देश फैलिएको छ,’ गृहमन्त्री आयलेट शकेदले भने, ‘भाइरसविरुद्ध खोप कति हदसम्म प्रभावकारी हुन्छ भन्ने बारेमा मूल्यांकन आवश्यक छ ।’

हङकङमा पनि नयाँ भेरिएन्ट भेटियो

हङकङमा कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएको छ । दक्षिण अफ्रिका र क्यानडाबाट गएका दुई जनामा नयाँ भेरिएन्ट देखिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको । उनीहरु दुबै जना होटलमा आईसोलेसनमा थिए ।

उनीहरूमध्ये क्यानडेली नागरिक भने लामो समयदेखि सोही होटलमा बस्दै आएका थिए । दक्षिण अफ्रिकाबाट फर्किएका व्यक्तिबाट उनमा नयाँ भेरियन्ट सरेको हुने अनुमान गरिएको छ ।

परीक्षणका क्रममा उनीहरु दुबैमा नाम दिइएको भेरिएन्ट देखिएको थियो । डब्लूएचओले सुरुमा द्य।ज्ञ।ज्ञ।छद्दढ नाम दिइएको भेरिएन्टका कारण दक्षिण अफ्रिकाका सबै राज्यमा संक्रमण बढी रहेको पाइएको जनाएको थियो ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोनबाट संक्रमणको जोखिम उच्च रहेको जनाउँदै विभिन्न देशहरूले दक्षिण अफ्रिका क्षेत्रबाट आउने यात्रुहरूमाथि प्रतिबन्ध लगाएका छन् । डब्लूचएओले ओमिक्रोनलाई ‘भेरिएन्ट अफ कन्सर्न’ घोषणा गरेको छ ।

हङकङ सरकारले दक्षिण अफ्रिका, भारत, अमेरिका, बेलायतलगायतका अन्य देश भएर आउने हवाई यात्रुलाई होटेलमा अनिवार्य २१ दिन क्वारेन्टिनको व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्