Logo

चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च, ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुग्यो

चीनको वैदेशिक मुद्रा सञ्चिति उच्च, ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुग्यो



काठमाडौं । चीनको वैदेशिक मुद्रा सञ्चितिको परिधि बढेको छ । सम्पतिको मूल्यको परिवर्तनको संयुक्त प्रभावमा जुलाई महिनामा राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागले शनिबार बताएको छ ।

अगष्ट ७ तारिखमा दिएको तथ्याङ्क अनुसार चालू वर्षको जुलाई महिनाको अन्तसम्म चीनको वैदेशिक मुद्रा सञ्चितिमा संलग्न रकम ३२ खर्ब ३५ अर्ब ९० करोड अमेरिकी डलर पुगेको छ ।

वैदेशिक मुद्रा सञ्चिति यस वर्षको जुन महिनाको तुलनामा २१ अर्ब ९० करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । त्यस्तै वृद्धि दर ०.६८ प्रतिशतले बढेको छ ।

राष्ट्रिय वैदेशिक मुद्रा सञ्चिति व्यवस्थापन विभागका प्रवक्ता वाङ छुनयीङले चीनको वैदेशिक मुद्रा बजारको माग र आपूर्ति सन्तुलित रहेको र बजारको भविष्य पनि स्थिर रहनसक्ने दावी गरेका छन् ।

चिनियाँ अधिकारीका अनुसार कोभिड महामारी गम्भीर भएको, मुख्य मुलुकका मुद्रागत नीतिको अनुमान र समष्टिगत आर्थिक तथ्याङ्क लगायतका कारक तत्वको प्रभावस्वरूप अमेरिकी डलर बाहेकका मुद्राहरूको मूल्य बढेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL