Logo

कोरोना संक्रमण बढेपछि डब्लुएचओले भन्यो-‘संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुन्छ’

कोरोना संक्रमण बढेपछि डब्लुएचओले भन्यो-‘संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुन्छ’



काठमाडौं । विश्वमा फेरो कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । यहि अवस्थामा संसारले चाहे मात्र कोरोना महामारी नियन्त्रण हुने विश्व स्वास्थ्य संगठन (एब्लुएचओ)ले दावी गरेको छ । 

डब्लुएचओका प्रमुख टेड्रोस एड्हानोमका अनुसार विश्वमा कोरोना महामारी नियन्त्रणका लागि सबै आवश्यक प्रविधि भएर पनि त्यसको भरपूर प्रयोग हुन सकेको छैन । डब्लुएचओका अनुसार बितेको चार हप्तामा विश्वभर कोरोना संक्रमणमा ८०प्रतिशतले वृद्धि आएको छ । 

उक्त अवधिमा सबैभन्दा बढी अफ्रिकी मुलुकका ८० प्रतिशत संक्रमितले ज्यान गुमाएका छन् । साथै पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ३८ हजार ४२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  उक्त अवधिमा सबैभन्दा बढी संक्रमित थपिएका हुन् । 

जस अनुसार अमेरिकामा ९८ हजार ७३४ जना, भारतमा ४१ हजार ४९९ जना, ब्राजिलमा ४० हजार ९०४ जना, युकेमा २९ हजार ६२२ जना, फ्रान्समा २४ हजार ३०९ जना र टर्कीमा २२ हजार ८३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा विश्वभर ९ हजार १९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उक्त अवधिमा सबैभन्दा बढी ब्राजिलमा कोरोना संक्रमणका कारण मृत्यु भएको छ । सबैभन्दा बढि ब्राजिलमा ८८६ जना,  रसियामा ७९४ जना, भारतमा ५९८, जना, अर्जेन्टिनमा ४७३, अमेरिकामा ४१६ जना, कोलम्बियामा ३०६ जना र इरानमा २७० जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस्
MBL