काठमाडौं । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या १७ करोड ८४ लाख ३६ हजार २ सय ८८ जना रहेको छन् । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७ सय ४२ जनाको मृत्यु भएको छ ।
सो विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित दश देशका सङ्क्रमित र यस सङ्क्रमणबाट ज्यान गुमाएका नागरिकहरुको संख्या यसप्रकार छ ।
देश सङ्क्रमितको संख्या कूल मृत्यु
- संयुक्त राज्य अमेरिका तीन करोड ३५ लाख ४१ हजार ९६७ छ लाख १ हजार ८२४
- भारत , दुई करोड ९८ लाख ८१ हजार ७७२, तीन लाख ८६ हजार ७०८
- ब्राजिल, एक करोड ७९ लाख २७ हजार ९२८, पाँच लाख १ हजार ८२५
- फ्रान्स , ५८ लाख १९ हजार ८८, एक लाख १० हजार ९००
- टर्की , ५३ लाख ७० हजार २९९, ४९ हजार १८५
- रुस , ५२ लाख ५५ हजार २१४ , एक लाख २७ हजार २०६
- बेलायत , ४६ लाख ४६ हजार ६८ , एक लाख २८ हजार २४०
- अर्जेन्टिना , ४२ लाख ६८ हजार ७८९ , ८९ हजार ४३
- इटाली , ४२ लाख ५२ हजार ९७६, एक लाख २७ हजार ४३
- कोलम्बिया, ३९ लाख ४५ हजार १६६, ९९ हजार ९३४ रासस सिन्ह्वा