Logo

जी-७ राष्ट्रहरुबीच टेक जाइन्ट कम्पनीलाई नयाँ कर लगाउने सम्झौता : गुगल, फेसबुकदेखि एप्पलसम्म प्रभावित हुने

जी-७ राष्ट्रहरुबीच टेक जाइन्ट कम्पनीलाई नयाँ कर लगाउने सम्झौता : गुगल, फेसबुकदेखि एप्पलसम्म प्रभावित हुने



काठमाडौँ । विश्वका धनी देशहरुको समुह जी–७ ले ठुला प्राविधिक कम्पनिहरुलाई कर लगाउने निर्णय गरेका छन् । जी(७ देशहरुले गुगल, फेसबुक, एप्पल र अमेजन जस्ता ठुला कम्पनिहरुलाई १५ प्रतिशत कर लगाउने निर्णय गरेका छन् ।

जी-७ देशहरुले टेक जाइन्ट कम्पनिहरुलाई कर लगाउने सम्झौता गरेपनि यस निर्णयका बारेमा कार्यान्वयन अघि नै प्रश्न उठेको छ ।

जी-७ का अर्थमन्त्रीहरुको बैठकले यस्तो निर्णय गरेको हो । बेलायतका अर्थमन्त्री ऋषि सुनकले यस निर्णयले ग्लोबल कर प्रणालीमा व्यापक परिवर्तन ल्याउने र यसले सहि कम्पनिले सहि ठाउमा  उचित कर तिर्ने प्रणाली विकास हुने बताएका छन् । जी-७ का शिर्ष नेताहरुको लन्डनमा जुन ११-१३ सम्म हुने बैठक अघि यस्तो निर्णय आएको छ ।

गुगल, फेसबुक र एप्पल जस्ता ठुला कम्पनीहरुलाई प्रभाव पर्ने भएपनि उनीहरुले यो नियमको स्वागत गरेका छन् । यस विषयमा गैरसरकारी संस्था अक्सफ्यामले भने वैश्यिकस्तरमा न्युनतम कर्पोरेट करको यो दरले खासै अन्तर ल्याउन नसक्ने बताएको छ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL