काठमाडौं । अमेजनका प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले जुलाई ५ देखि आफ्नो पद छोड्ने जानकारी दिएका छन् । गत फेब्रुअरीमा अमेजनको प्रमुख कार्यकारी छोड्ने घोषणा गरेका अमेजनका संस्थापक रहेका बेजोसले अब अमेजनको कार्यकारी चेयरमेनको रुपमा मात्र काम गर्ने छन् ।
उनले फेब्रुअरीमा कर्मचारीलाई एक पत्र लेख्दै बेजोसले आफुले ने काम हेर्ने भन्दै अमेजनको प्रमुख कार्यकरी प्रमुखको पद छोड्ने घोषणा गरेका थिए । सन १९९५ मा बेजोसले आफ्नो ग्यारेजबाट शुरुवात गरेको अमेजन अहिले विश्वमा १.७ ट्रीलियन डलरको कम्पनि रहेको छ ।
कोरोना महामारीका बेला २०२० मा अमेजनले २०१९ को तुलनामा ३८ प्रतिशत बढी समान विक्री गरेको थियो । त्यस्तै अमेजनको २०२०मा नाफा पनि डबल भएको थियो ।
एन्डी जेसी बन्दै छन् नयाँ प्रमुख कार्यकारी अधिकृत,
अमेजनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेफ बेजोसले आफ्नो पद जुलाई ५ देखि छोड्न थालेपछि अब उनको ठाउमा एन्डी जेसीलाई नयाँ प्रमुख कार्यकारी अधिकृत बनाइदै छन् । जेफ बेजोसको स्थानमा अमेजन वेब सर्भिसेजका प्रमुख एन्डी जेसीलाई उक्त पदको जिम्मेवारी दिइनेछ ।
जेफ बेजोस ५७ वर्षको भए, उनले आफ्नो ग्यारेजबाट ३० वर्ष अगाडी अमेजनको शुरुवात गरेका थिए । त्यसपछि यसलाई अनलाइन रिटेलमा निकै सफलता मिल्यो । अमेजनमा स्ट्रिमिंग म्युजिक र टिभी, भाडाको सामान, क्लाउड कम्प्युटिंग, रोबोटिक्स, आर्टिफिशियल इन्टेलिजेन्स र अन्य थुप्रै सेवाहरु छ ।
५३ वर्षीय जेसी, सन् १९९७ मा हवार्ड बिजनेस स्कुल सकिने बित्तिकै अमेजनमा आवद्ध भएका थिए । जेसीले अमेजनको वेब सर्भिस स्थापना गरेका हुन् । अमेजन वेब सर्भिसेसले लाखौं कम्पनी, स्कुल र सरकारलाई वेबसाइट र एपहरुलाई क्लाउड होस्टिंगको पुर्वाधार उपलब्ध गराउछ ।
स्थापनाको केहि वर्षमा नै अमेजन वेब सर्भिसले माइक्रोसफ्ट र ओराकल जस्तो ठुला कम्पनीलाई पछि पारेको छ । कम्पनीले अहिले विश्वको आधा पब्लिक क्लाउड इन्फास्ट्रकचर मार्केट ओगटेको छ । यसले क्लाउड कम्प्युटिंग मार्केटको ३० प्रतिशत भाग लिएको छ । माइक्रोसफ्ट र गुगलले चौथो त्रैमासिकमा आफ्नो क्लाउड कम्प्युटिंग बिजनेसमा वृद्धि भएको बताएका थिए ।-एजेन्सी