Logo

कोरोनाविरुद्धको खोप लगाएका पहिलो पुरुषको निधन, मृत्युको कारण पुष्टि भएन

कोरोनाविरुद्धको खोप लगाएका पहिलो पुरुषको निधन, मृत्युको कारण पुष्टि भएन



काठमाडौं । विश्वमै कोरोना भाइरसविरुद्धको खोप पहिलो पटक लगाएका पुरुषको निधन भएको छ । गत वर्ष ८ डिसेम्बर मा कोभिडविरुद्धको विश्वकै पहिलो खोप लगाएकी मार्गारेट केनिनपछि खोप लगाएका विलियम सेक्सपियरको निधन भएको हो ।

बेलायती सञ्चारमाध्यमका अनुसार ८१ वर्षीय विलियमको कुन कारणको निधन भयो भन्ने खुल्न सकेको छैन । मंगलबार पुष्टि नभएको रोगका कारण उनको निधन भएको हो ।

सेक्सपियर गत वर्ष ८ डिसेम्बरमा फाइजर–बायोटेकको कोभिड विरुद्धको खोप युनिभर्सिटी हस्पिटल कन्टेन्टरी एन्ड वार्विक्सायरमा लगाएका थिए । बेलायती सञ्चारमाध्यमका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । तर, रोग पुष्टि हुन नसक्दा उनको भ्याक्सिन लगाएकै अस्पतालमा मृत्यु भएको हो ।–एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL