Logo

कोरोना संक्रमण रिकभरीमा ५ देखि १० दिनलाई किन मानिन्छ घातक, यस्ता छन् कारण

कोरोना संक्रमण रिकभरीमा ५ देखि १० दिनलाई किन मानिन्छ घातक, यस्ता छन् कारण



काठमाडौं । पछिल्लो समय कोरोना महामारीको प्रकोप भयावह रुपमा फैलिएपनि यसबाट स्वस्थ अवस्थामा फर्किनेको संख्या पनि उत्तिकै छ । तर, यो संक्रमण नयाँ भएका कारण पनि यो व्यवस्थापन हुनपनि सक्छ या उत्तिकै घातक सावित पनि हुन सक्छ । जसका कारण विभिन्न मानिसलाई फरकफरक लक्षण देखिएपनि लक्षण देखिएका संक्रमितहरुलाई भने अप्ठ्यारो अवस्था आउन सक्छ । अर्थात यसको संक्रमणको लक्षण कसैलाई बढि देखिन्छ भने कसैलाई नदेखिनेसमेत हुन सक्छ ।

जसको रिकभरीका लागि भन्दै १४ दिनको समय राखिएको छ । जसमध्ये प्रमुख ५ देखि १० दिनसम्मको समयलाई भने सबैभन्दा महत्वपुर्ण दिन मानिएको छ । कोरोना संक्रमण भएका मानिसहरुलाई खासगरी सबैभन्दा कडा लक्षणहरु ५ देखि १० दिनको बीचमा देखिने गर्छन ।

अर्थात कडा लक्षण देखिएका मानिसहरुका लागि यी दिनहरु घातक पनि सावित हुने भएकाले यी दिनहरुलाई अलि धेरै महत्वपुर्ण मानिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्