काठमाडौं । हिमालन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट चुक्ता पूँजी ३ प्रतिशत बोनस शेयर र ३.७५ प्रतिशत (कर प्रयोजनसहित) नगद लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा समितिको स्वीकृती भएर आगामी १९ औं साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।