Logo

नेपाल लाइफको एजीएम माघ २८ गते हुने : २ जना सञ्चालक चयन र ५१ प्रतिशत लाभांश पारित गरिने

नेपाल लाइफको एजीएम माघ २८ गते हुने : २ जना सञ्चालक चयन र ५१ प्रतिशत लाभांश पारित गरिने



काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभा (एजीएम) माघ २८ गते हुने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले होटल भिष्वा, वीरगञ्जमा साधारण सभा गर्ने निर्णय गरेको छ। उक्त सभा बिहान ९ बजे हुने भएको जनाएको छ । 

उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ३१ प्रतिशत  बोनस शेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत  लाभांश पारित गर्नेछ ।  

साधारण सभा प्रयोजनका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ ।  साथै सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरु चयन गर्नेछ । 

प्रतिक्रिया दिनुहोस्