Logo

गुराँस लाइफका नवनियुक्त अध्यक्ष दुगड़ले गरे पद तथा गोपनीयताको सपथ ग्रहण

गुराँस लाइफका नवनियुक्त अध्यक्ष दुगड़ले गरे पद तथा गोपनीयताको सपथ ग्रहण



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष विवेक दुगड़ले सपथग्रहण गरेका छन् ।

नवनियुक्त अध्यक्ष दुगडले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँ समक्ष आफ्नो पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

मंसिर ४ गते सम्पन्न कम्पनीको दशौं वार्षिक साधारण सभा पछि बसेको नवनिर्वाचित संचालक समितिको १६२ औं बैठकले दुगडलाई सर्वसम्मतिबाट संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।

यससँगै दुगड़ले बीमा समितिले जारि गरेको बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिक २०७५ को दफा ३ को उपदफा ९४० बमोजिम मंसिर ८ गते बिहान ११ः३० बजे बीमा समितिमा पद तथा गोपनीयताको सपथ दिएका हुन् ।

उक्त सपथ ग्रहण समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL