काठमाडौं । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको अठारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । साधारणभा बारामा सम्पन्न भएको हो ।
सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवण कुमार अग्रवालले प्रस्तुत गरेको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
यस्तै वार्षिक साधारण सभाबाट कम्पनीको संस्थापक समूह क अन्तर्गत ४ जना सञ्चालकहरुको निर्वाचन सम्पन्न भएको छ । जसमा सञ्चालक विशाल अग्रवाल, अमित अग्रवाल, अर्पित अग्रवाल र विवेक विजुक्छे निर्विरोध निर्वाचित भएका छन् । उनीहरुलाई निर्वाचन अधिकृत विजयलाल ठाकुरले पद तथा गोपनियताको सपथ ग्रहण गराएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।