Logo

रिलायन्स लाइफको ६३ करोडको आईपीओ भदौ ४ बाट, सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता

रिलायन्स लाइफको ६३ करोडको आईपीओ भदौ ४ बाट, सर्वसाधारणका लागि ५६ लाख ७० हजार कित्ता



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ ४ गतेबाट साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मुल्यमा ६३ करोड रुपैयाँ बराबरको ६३ लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो ।

जसमध्ये ५ प्रतिशत अथात् ३ लाख १५ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको छ । यस्तै अर्को ५ प्रतिशत अर्थात् ३ लाख १५ हजार कित्ता कर्मचारीको लागि छुट्याएको छ । कम्पनीले बाँकी रहेको ५६ लाख ७० हजार कित्तामा भने सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओमा सर्वसाधारणले भदौ ८ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम ६३ हजार कित्ता सम्मको लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई साउन १६ गते शुक्रबार आईपीओ निष्कासन अनुमति दिएको हो । कम्पनीले कुल चुक्ता पुँजीको ३० प्रतिशत आईपीओ जारी गर्न लागेको हो । कम्पनीले २०७७ असार ९ गते आईपीओ निष्कासन अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो ।

कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्बा अनुमति पाएका बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयको साथै मेरो सेयर सफ्टवेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा इक्रा नेपालले ग्रेड ४ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय अवस्था औसत रहेको जनाउँछ । हाल १ अर्ब ४७ करोड चुक्ता पुँजी रहेको कम्पनीको आईपीओ निष्कासन पछि चुक्ता पुँजी २ अर्ब १० करोड पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL