Logo

प्रिमियर इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा मानन्धर र श्रेष्ठ पुनः निर्वाचित

प्रिमियर इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न, सञ्चालकमा मानन्धर र श्रेष्ठ पुनः निर्वाचित



काठमाडौं । प्रिमियर इन्स्योरेन्सको २६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले सञ्चालकमा केदार नारायण मानन्धर र बलराम श्रेष्ठ पुनः निर्विरोध चयन गरेको छ ।

शुक्रबार सम्पन्न कम्पनीको साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना संचालकलाई पुनः निर्विरोध निर्वाचित गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७५र७६ मा कुल बीमा शुल्क एक अर्ब ६४ करोड ६७ लाख ८८ हजार रुपैयाँ र २६ करोड ५८ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ७ करोड ४५ लाख ६० हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्