Logo

नेपाल लाईफको बीमा शुल्क भुक्तानी कनेक्ट आईपीएसबाट, यस्ता छन् सुबिधा

नेपाल लाईफको बीमा शुल्क भुक्तानी कनेक्ट आईपीएसबाट, यस्ता छन् सुबिधा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क अब कनेक्ट आईपिएसबाट भुक्तानी गर्न सक्ने भएको छ । कम्पनीले यस अघि बिभिन्न डिजिटल भुक्तानीको सुविधा प्रदान गर्दै आएकामा अब भने कनेक्ट आईपिएसबाट भुक्तानी गर्न सकिने जानकारी दिएको छ ।

ग्राहकले बीमा शुल्क बुझाउन अब बाहिर जानु नपर्ने र कनेक्ट आईपिएसबाट घरमै बसेर कनेक्ट आईपिएससँग आबद्द कुनै पनि बैंकको खातामार्फत घरमै बसी बसी बीमा शुल्क भुक्तानी गर्न सकिनेछ ।

कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आफ्नो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपिएसमार्फत अनलाईन भुक्तानी गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । जतिबेल जताबाट पनि अनलाईन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्ना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको छ । यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इसेवा तथा प्रभु पेबाट अनलाईन भुक्तानी दिईरहेको छ । त्यस्तै फोन पेमार्फत आफ्नो बैंक खाता कनेक्ट गरि नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिङमार्फत अनलाईन भुक्तानी भइरहेको समेत कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL