Logo

नेपाल लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १ करोड सहयोग गर्ने

नेपाल लाइफ इन्स्योरेन्सको सामाजिक उत्तरदायित्व, कोरोना कोषमा १ करोड सहयोग गर्ने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कारोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

कम्पनीको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको उक्त कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको जानकारी दिएको छ ।

उक्त सहयोगले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार र विपन्न तथा न्यून आम्दानी भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य सामग्रीहरुका निम्ति सहयोग पुग्ने कम्पनीको विश्वास रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL