काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीले कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।
कम्पनीको बिहीबारको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सञ्चालक प्रकाशकुमार अधिकारीले जानकारी दिएका छन । अहिले संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरसको रोकथामका लागि काम गरिरहेका छन् । नेपाल सरकाको नीतिअनुसार काम गर्न मद्दत पुगोस् भनेर संघीय सरकार र प्रदेश सरकारलाई रकम सहयोग गर्ने निर्णय गरिएको उनले बताएका हुन ।
कम्पनीले संघीय सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषमा १ करोड ६५ लाख तथा सातै प्रदेश सरकारले स्थापना गरेको कोषमा ५ लाखका दरले ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।