Logo

मेटलाइफको एजेन्सी कार्यालय सुर्खेतमा, कार्यालय संख्या ३२ पुग्यो

मेटलाइफको एजेन्सी कार्यालय सुर्खेतमा, कार्यालय संख्या ३२ पुग्यो



काठमाडौं । मेटलाइफ इन्स्योरेन्सले सुर्खेतको बिरेन्द्रनगरमा आफ्नो एजेन्सी कार्यालय संचालनमा ल्याएको छ । कम्पनीका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले सो एजेन्सी कार्यालयको उद्घाटन गरेका हुन । नयाँ कार्यालयको विस्तारसँगै मेटलाइफको कार्यालय संख्या ३२ पुगेको छ ।

विस्तारित कार्यालयले कर्णालीको सुर्खेत क्षेत्रमा रहेका कम्पनीका ग्राहकहरुलाई थप सुबिधा तथा सहजता प्रदान गर्न सहयोग मिल्ने कम्पनीको विश्वास रहेको छ । कार्यालयले ग्राहकहरुलाई बीमा शुल्क तथा आवेदन संकलन, बीमालेख हस्तान्तरण तथा बीमालेख परिवर्तन र पुनस्र्थापनालगायतका काम गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL