Logo

अजोड इन्स्योरेन्सको बिमा अभिकर्ता तालिम, निर्जीवन र कृषि बिमाको बारेमा जानकारी प्रदान

अजोड इन्स्योरेन्सको बिमा अभिकर्ता तालिम, निर्जीवन र कृषि बिमाको बारेमा जानकारी प्रदान



काठमाडौं । प्रदेश नं. २ र ३ लाई समेट्ने गरि अजोड इन्स्योरेन्स लिमिटेड हेटौंडा शाखाको आयोजनामा पुस १७, १८ र १९ गते टीसीएन मार्ग हेटौंडामा आधारभुत निर्जीवन बिमा अभिकर्ता तालिम सम्पन्न भएको छ ।

तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बिमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्वाह गर्नुपर्ने भुमिका र बिमाका विभिन्न पोर्टफोलियोको वारेमा प्रशिक्षण दिए ।

त्यस्तै गरि अजोड इन्स्योरेन्स लिमिटेडका नायब प्रबन्धक यादव प्रसाद पाठकले आधारभुत निर्जीवन बीमाको साथै कृषि बिमाको वारेमा जानकारी दिएका थिए । अजोड इन्स्योरेन्स लिमिटेडको आधाभुत निर्जीवन बिमा अभिकर्ताको तालिममा २३ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL