Logo

सन नेपाल लाइफद्वारा बिमा रकम भुक्तानी, बिमा जागरण अभियान कार्यक्रम पनि आयोजना

सन नेपाल लाइफद्वारा बिमा रकम भुक्तानी, बिमा जागरण अभियान कार्यक्रम पनि आयोजना


बिजखबर संवाददाता
81
Shares

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्वारा पुस २० गते बाँकेको फत्तेपुरमा एक कार्यक्रमका बीच बिमा जागरण अभियान तथा मृत्युदावी भुक्तानी कार्यक्रम गरेको छ ।

बिमित एलिश थारुको प्रस्तावक आशाराम थारुको असोज २१ मा मृत्यु भएको हुँदा मासिक आय सुविधा र क्रिया खर्च रकमवापत कम्पनीका महाप्रबन्धक कमलराज गौतमले मृतककी श्रीमती सीता थारुलाई ३१ हजारको चेक हस्तान्तरण गरे ।

साथै कम्पनीद्वारा नेपालगंजमा बिमा जागरण तथा अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

उक्त कार्यक्रममा उत्कृष्ठ अभिकर्ताहरुलाई सम्मान गर्नुको साथै महाप्रबन्धक कमलराज गौतमले जीवन बिमाको महत्व वारे जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL