Logo

सन नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

सन नेपाल लाइफ इन्स्योरेन्सको दोश्रो साधारण सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित



काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको साधारणसभा शनिवार संचालक समितिका अध्यक्ष अनुज क्यालको अध्यक्षतामा संचालन भएको थियो ।

सभाले सामान्य प्रस्तावमा बार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित आ.व २०७४-०७५ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत बित्तीय विवरण प्रतिवेदन, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आ.व २०७५-०७६ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने निर्णय समेत पारित गरेको छ ।

सभामा अध्यक्ष क्यालले सभामा आ.व २०७४-०७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कम्पनीले आर्थिक वर्ष २०७५-०७६ को मंसिर मसान्तसम्मको अवधिमा २१ शाखा र ७७ उपशाखा कार्यालय संचालन गरी करीब १५,००० अभिकर्ता संरचना तयार गर्नुका साथै छोटो अवधिमा नै उल्लेखनीय बीमालेख बिक्री गरी अधिराज्य भरी आफ्नो संजाल र कारोवार बिस्तार गर्न सफल भएको उल्लेख गरेको छ । \

उक्त दोश्रो बार्षिक साधारण सभाको स्वागत मन्तब्य संचालक समितिका सदस्य नारायण रुंगटाले गरेका थिए भने कार्यक्रममा शेयरधनी निरञ्जन कुमार टिवरेवालले आफ्नो मन्तब्य रखेका थिए । कार्यक्रमको सञ्चालन शशांक अग्रवालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL