Logo

प्रभु लाईफ इन्स्योरेन्सको तेश्रो वार्षिकोत्सव सम्पन्न, सिएसआर अन्तरगत बिभिन्न कार्यक्रम

प्रभु लाईफ इन्स्योरेन्सको तेश्रो वार्षिकोत्सव सम्पन्न, सिएसआर अन्तरगत बिभिन्न कार्यक्रम



काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले आफ्नो तेश्रो वार्षिकोत्सव कार्यक्रम देशका सातै प्रदेशमा सम्पन्न गरेको छ ।

कम्पनीले वार्षिकोत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तरगत चालु आर्थिक बर्षलाई स्वच्छ वातावरण तथा सरसफाई अभियानलाई प्राथमिकता दिएको छ ।

कम्पनीले प्रदेश नं. ३ अन्तरगतको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंजलाई अस्पताल परिसरमा फोहर ब्यवस्थापनका लागि फोहर फाल्ने गार्बेज बिनहरु हस्तान्तरण गरिएको छ ।

अस्पतालका नि. निर्देशक अन्य विभागीय प्रमुख तथा कर्मचारीहरुको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण प्रसाद पौडेलले उक्त सामग्री हस्तान्तरण गरेका हुन ।

प्रदेश नं. १, २, ३, गण्डकी प्रदेश, ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशहरुमा पनि कम्पनीका विभिन्न शाखा कार्यालयहरुले आ–आफ्नो क्षेत्रका सार्वजनिक उद्यान, पार्क, मठ–मन्दिर, सरकारी बिद्यालय तथा सरकारी अस्पतालको सरसफाई गरी उक्त स्थानहरुमा समेत गार्बेज बिनहरु उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL