Logo

कर दिवसमा नेपाल लाईफ ईन्स्योरेन्स सम्मानित, बन्यो बीमा क्षेत्रकै सबैभन्दा बढी आयकर बुझाउने कम्पनी

कर दिवसमा नेपाल लाईफ ईन्स्योरेन्स सम्मानित, बन्यो बीमा क्षेत्रकै सबैभन्दा बढी आयकर बुझाउने कम्पनी



काठमाडौं । नेपाल लाईफ ईन्स्योरेन्स बीमा क्षेत्रकै धेरै आयकर बुझाउने कम्पनीको रुपमा सम्मानित भएको छ । नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेसँगै आन्तरिक राजस्व विभागले कम्पनीलाई कदरस्वरुप सम्मान गरेको हो ।

आईतबार आठौं राष्ट्रिय कर दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झालाई सम्मानपत्र प्रदान गरेका हुन ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत झाले उक्त सम्मानले कम्पनीलाई अझ जिम्मेवार बनाएको जानकारी दिए । यस्तै उनले नेपालको बीमा व्यवसाय अझ परिस्कृत गर्दै सबै जनताका सामु पुगी सेवा प्रदान गर्ने समेत बताएका छन ।

जीवन बीमा कम्पनीहरूमध्ये करिब एक तिहाई बजारहिस्सा ओगटेको कम्पनीको चुक्तापूँजी ५ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले ७८ अर्ब ६८ करोड रुपैयाँ लगानी समेत गरेको छ । यस्तै कम्पनीको जीवन बीमा कोष ७२ अर्ब ३३ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो चार महिनामा जम्मा ९ अर्ब ६२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL