Logo

सानिमा कर्जा म्यादि बीमा योजनना संचालनमा, दुर्घटनाबाट मृत्यु भएमा ऋण रकमको २०० प्रतिशत सम्म रकम पाईने

सानिमा कर्जा म्यादि बीमा योजनना संचालनमा, दुर्घटनाबाट मृत्यु भएमा ऋण रकमको २०० प्रतिशत सम्म रकम पाईने



काठमाडौं । सानीमा लाईफ ईन्स्योरेन्सले ‘सानिमा कर्जा म्यादि बीमा योजना’ संचालनमा ल्याएको छ ।

कम्पनीबाट कर्जा लिएका ऋणीहरुको कर्जा सुरक्षा गरि ऋणीको असामयीक निधन पछि परिवारमा पर्ने ऋण भार कम गर्न तथा वित्त कम्पनीहरुको ऋण सुरक्षा गर्ने उदेश्यले उक्त योजना संचालनमा ल्याएको हो ।

उक्त बीमा योजना अन्तरगत ऋणीले कर्जा रकम बराबर सानिमा कर्जा म्यादि जीवन बीमा गरेको अवस्थामा कर्जा लिए पछि ऋणीको मृत्यु भएमा सो रकम वित्तीय संस्थालाइ तिर्ने भएको छ ।

साथै परिवारका सदस्यहरुले ऋण चुक्ता गर्न नसकि सम्पती नै नोक्सान हुने स्थीति बाट जोगाउने छ । दुर्घटनाबाट मृत्यु भएको खण्डमा मृतकका परिवारले ऋण रकमको २० देखि २०० प्रतिशत सम्म रकम प्राप्त गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्