Logo

डोल्पाको दुनै पुग्यो नेपाल लाईफ, १९३ शाखामार्फत सेवा

डोल्पाको दुनै पुग्यो नेपाल लाईफ, १९३ शाखामार्फत सेवा



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले डोल्पाको दुनैमा आफ्नो शाखा कार्यालय उद्घाटन गरेको छ । एक कार्यक्रमका बीच बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले डोल्पाको दुनै शाखाको उद्घाटन गरेका हुन ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चापागाँईले जीवन बीमाले जोखिम बहन गर्नुका साथै बचत गर्ने बानीको पनि विकास हुने विश्वास व्यक्त गरेका छन अध्यक्ष चापागाँईले हिमाली जिल्लाको दुरदराजमा पुगेर न्यून आय भएका जनतालाई पनि बीमाको दायरामा ल्याउन सुझाव दिएका छन ।

कार्यक्रममा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले तिब्र गतिले बीमा व्यवसाय विस्तार भइरहेको परिपेक्षमा एक तिहाई बजार हिस्सा नेपाल लाइफले ओगट्न सफल भएको जानकारी दिएका छन ।

कम्पनीको चुक्तापूँजी ५ अर्ब ५० करोड रहेको छ । यस्तै कम्पनीले ७७ अर्ब ५४ करोड रुपैयाँ लगानी समेत गरेको छ । त्यस्तै, कम्पनीको जीवन बीमा कोष ७२ अर्ब २४ करोड रुपैयाँ र शेयरधनी कोष ८ अर्ब ५७ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले यस आर्थिक वर्षको पहिलो तीन महिनामा जम्मा ७ अर्ब ९० करोड बीमा शुल्क संकलन गरेको छ । १ लाख ३४ हजार ५ सय ६३ प्रशिक्षित अभिकर्ता रहेको यस कम्पनीले आफ्ना सेवाग्राहीहरू तथा ग्राहकहरूका लागि हालसम्म देशभर फैलिएका १ सय ९३ शाखा तथा उप शाखाहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL