काठमाडौं । आईएमई जनरल ईन्स्योरेन्सले पोखराको आगलागीमा भएको जोखिमको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले गत साउन २८ गते पोखरामा विद्युत सर्ट भई आगलागिमा परेको युनिक होम डेकोेरेसनलाइ ३१ लाख ५० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको हो ।
कम्पनीले शनिबार पोखरा उद्योग वाणिज्य संघको अधिवेसनमा युनिक होम डेकोरेसनमा प्रोप्राईटर लिलाधर ढुंगानालाई उक्त दावी भुक्तानी हस्तान्तरण गरेको हो ।
पोखराको मिनी मार्केट कम्प्लेक्समा भएको आगलागीबाट ३० ओटा पसल र २ ओटा कार्यालय पुर्ण रुपमा ध्वस्त भएका थिए ।