काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले आफ्नो दोस्रो बार्षिकोत्सव मनाएको छ । कम्पनीले आईतबार एक कार्यक्रमको आयोजना गर्दै बार्षिकोत्सव मनाएको हो । उक्त कार्यक्रममा सुभकामना मन्तब्य दिँदै कम्पनीका सञ्चालक समितिका अध्यक्ष रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पधातर््मक उपस्थिति जनाएको बताएका छन ।
कम्पनीले चालु आर्थिक बर्ष थप शाखा बिस्तार गरि बीमित, अभिकर्ता एवं सेवाग्राहीको पहँुचलाई सर्वसुलभ बनाउने बाटो अंगालेको छ । यस्तै कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्र्र्िरकयाहरु पूरा गरि सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।
कम्पनीले उक्त अवसरमा बीमा समितिवाट स्वीकृती प्राप्त नयां जीवन बीमालेख ‘आइएमई सामूहिक सावधिक बोनस सहितको जीबन बीमा योजना’ सार्वजनिक गरेको छ ।
ब्यवसाय सुचारु भएको दोस्रो वर्ष सम्ममा कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ८५ स्थानमा शाखा कार्यालयहरु स्थापना गरि बीमा सेवा पुर्याउदै आएको छ ।
कम्पनीले यस आर्थिक बर्ष २०७६/७७ मा थप शाखा/उपशाखाहरु बिस्तार गरि बीमाको पहुँच तथा सेवा दिने योजना रहेको जानकारी गराएको छ । साथै, कम्पनीले आर्थिक बर्ष २०७५/७६ मा ९१ करोड रुपैयाँ बीमाशुल्क संकलन गर्न सफल भएको जानकारी पनि गराएको छ ।