Logo

रिलायन्स लाईफ र खल्ती डिजिटल वालेट बीच सम्झौता, मोबाईलबाटै बीमा शुल्क भुक्तानी

रिलायन्स लाईफ र खल्ती डिजिटल वालेट बीच सम्झौता, मोबाईलबाटै बीमा शुल्क भुक्तानी



काठमाडौं । रिलायन्स लाईफ इन्स्योरेन्स र खल्ती डिजिटल वालेट बीच सम्झौता भएको छ । .आईतबार एक कार्यक्रमका बीच बीमा कम्पनी र वालेटबीच डिजिटल माध्यम मार्फत बीमा शुल्क भुक्तानी सुविधा उपलब्ध गराउन सम्झौता सम्पन्न भएको हो ।

सम्झौता पछि रिलायन्स लाईफ इन्स्योरेन्सका ग्राहकले अब आफ्नो मोबाईलमा रहेको खल्ती एप मार्फत सिधै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । ग्राहकले आफ्नो बीमा शुल्क खल्ती वालेटमा भएको ब्यालेन्स अथवा इन्टरनेट बैंकिङ र मोबाईल बैंकिङ मार्फत सहजै बुझाउन सक्ने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL