Logo

१ बर्षमा आईजिआईको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो १ अर्ब २१ करोड संकलन

१ बर्षमा आईजिआईको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो १ अर्ब २१ करोड संकलन



काठमाडौं । आईएमई जनरल ईन्स्योरेन्सले आफ्नो बीमाशुल्क आर्जनमा २० प्रतिशतले वृद्धि गरेको छ । कम्पनीले आईतबार आफ्नो २१ औं बार्षिक साधारण सभामा आफ्नो बीमाशुल्क आर्जनमा २० प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो ।

कम्पनीले आर्थिक बर्ष २०७४ ७५ मा १ अर्ब ७७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेकोमा चालु आर्थिक बर्षको हालसम्म भने १ अर्ब २१ करोड रुपैयाँ आर्जन गरेको जानकारी दिएको छ । कम्पनीले आफ्नो बार्षिक साधारण सभामा अघिल्लो आवमा १५ करोड ९८ लाख रुपैयाँ खुद मुनाफा कमाएको जानकारी समेत दिएको छ ।

कम्पनीले हाल ४८ वटा शाखा १९ वटा सेवा काउण्टर गरी ६७ स्थानबाट ग्राहक महानुभावहरुलाई सहज सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले आफ्ना शेयरधनीहरुलाई ५ प्रतिशतले बोनस शेयर जारी गर्दा चुक्ता पुँजी १ अर्व २ करोड ६ लाख रुपैयाँ पुगेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL