Logo

सगरमाथा इन्स्योरेन्सको साधारणसभा सम्पन्न, व्यबसायमा ३० प्रतिशतको वृद्धि

सगरमाथा इन्स्योरेन्सको साधारणसभा सम्पन्न, व्यबसायमा ३० प्रतिशतको वृद्धि



काठमाडौं । सगरमाथा ईन्स्योरेन्सले आफ्नो २२ औं साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले आर्थिक बर्ष २०७४÷७५ मा आफ्नो व्यवसायमा ३० दशमलव ४४ प्रतिशतले वृद्धि गरेको छ ।

कम्पनीको २२ औं बार्षिक साधारण सभामा बोल्दै कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले अघिल्लो आर्थिक बर्षको तुलनामा कम्पनीको कुल व्यवसाय वृद्धि भएको जानकारी दिएका हुन । उनका अनुसार कम्पनीले व्यवसाय वृद्धि गर्दै ३३ करोड २९ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ ।

कम्पनीले चालु आर्थिक बर्षमा मात्रै १ अर्ब ८३ करोड ७९ लाख ४४ हजार रुपैयाँ प्रिमियम संकलन गरेको छ । कम्पनीको मुनाफा पनि २१ दशमलव ७३ प्रतिशतले वृद्धि भएको अध्यक्ष मानन्धरले जानकारी दिए ।

चालु आर्थिक बर्षको असारको पहिलो सातासम्म २ अर्ब बढी प्रिमियम संकलन गरेको र असारको अन्त्यसम्म २ अर्ब १५ करोड रुपैयाँसम्म प्रिमियम पुग्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीको हालको चुक्ता पूँजी ५३ करोड ८२ लाख ९१ हजार ९ सय रहेको छ । कम्पनीले उक्त चुक्ता पूँजीमा बोनस सेयर जारी गरी हाल कुल चुक्ता पुँजी १ अर्ब १२ लाख २२ हजार रुपैयाँ पुर्याएको समेत जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL