Logo

रिलायन्स लाईफको सम्पर्क केन्द्र संचालनमा, २४ सै घण्टा सुचना लिन सकिने

रिलायन्स लाईफको सम्पर्क केन्द्र संचालनमा, २४ सै घण्टा सुचना लिन सकिने



काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्सले सम्पर्क केन्द्र संचालनमा ल्याएको छ । कम्पनीले बुधबार एक कार्यक्रमको आयोजना गर्दै जीवन बीमा सम्बन्धी सम्पुर्ण सुचना दिने उद्धेष्यले २४/७ सुचना केन्द्र संचालनमा ल्याएको हो । उक्त सेवाको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले उद्घाटन गरेका हुन ।

कम्पनीले ७ हप्ताका सातै दिन तथा २४ सै घण्टा सेवा उपलब्ध गराउने उद्देष्यले संचालनमा ल्याएको उक्त केन्द्रमार्फत ग्राहकहरुले जीवनबीमा सम्बन्धी सम्पुर्ण जानकारी लिनुका साथै आफ्ना प्रश्नहरु पनि राख्न सक्नेछन । उक्त केन्द्रमार्फत ग्राहक तथा जीवन बीमा सम्बन्धी बुझ्न चाहनेले कम्पनीको हटलाईन टेलिफोनमार्फत कल गरेर, फेसबुक म्यासेन्जरमार्फत, एप्लिकेशनमार्फत तथा ईमेलमार्फत आफ्ना प्रश्न राख्न पाउनेछन ।

यस्तै हटलाईनमार्फत फोन गरेर बीमा पोलिसीको बारेमा जानकारी लिने आफुलाई चाहिएको पोलिसीको बारेमा सम्पुर्ण जानकारी लिने लगायतका कामहरु गर्न सक्नेछन । जीबन बीमाको सम्पुर्ण काम फोनमार्फत तथा घरमै बसेर बुझ्न सकिने गरी उक्त कार्यक्रम संचालनमा ल्याइएको कम्पनीका सिईओ प्रविन रमण पराजुलीले जानकारी दिए ।

उनका अनुसार हाल व्यक्ती नै बसेर ग्राहकका प्रश्नहरुको जवाफ दिने सिस्टम केही समयपछि परिवर्तन गर्दै आर्टिफिसियल ईन्टेलीजेन्सको माध्यममा रुपान्तरण हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL